काठमाडौं । गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । गुराँसले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार ८ कात्तिकबाट २२ कात्तिकसम्म बुक क्लोज गर्दैछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश वितरण गर्न २२ कात्तिकमा छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा सोमबार बिहान ११ बजे न्यू अञ्जुली होटल, धनकुटामा सुरु हुनेछ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६ दशमलव ९०६४ प्रतिशतले हुन आउने एक करोड ४१ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८८९ प्रतिशतले हुन आउने सात लाख ४२ हजार रुपैयाँ नगद लाभांश साधारण सभाबाट पारित गर्नेछ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्नेरगाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लघुवित्तको संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७७र०७८ को वासलात, नाफा(नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने तथा आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा राखिएको छ ।
प्रतिक्रिया