ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा २३ वर्षीया सुस्मिताको मृत्यु

आइतबार, ०७ कार्तिक २०७८, ११ : १५
50 Shares
आइतबार, ०७ कार्तिक २०७८
50 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । शुक्रबार राति बुटवलबाट तिलोत्तमामा तर्फ जाँदै गरेको लु ३० प ४२६० नम्बरको स्कुटी तिलोत्तमा नगरपालिका–२ स्थित सिताराईस मिल नजिक आँफै अनियन्त्रित भएको थियो ।

सो दुर्घटनामा परी स्कुटरकी चालक तिलोत्तमा–१ शंकरनगरकी २३ वर्षीया सुस्मिता क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रादेशिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।