ताजा अपडेट »

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै

शुक्रबार, ०५ कार्तिक २०७८, १५ : ४१
14 Shares
शुक्रबार, ०५ कार्तिक २०७८
14 Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ पहिलो दिन १०औं महाधिवेशन चितवनमा तोकेको स्थायी कमिटी बैठकले दोस्रो दिन १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्या समाधानको प्रयास गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  

'१० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलले बैठकमा सुझावहरु प्रस्तुत गर्छ । छलफल हुन्छ । स्थायी कमिटीबाट थप निर्णय हुन्छ,' उनले भने । दोस्रो दिनको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा चलिरहेको छ । बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ ।

उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । कार्यदलको बैठक बिहीबार बसेको थियो । रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । तर प्रवक्ता ज्ञवाली भने ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको र बाँकी पनि कार्यान्वयन हुने चरणमा रहेको बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।