ताजा अपडेट »

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

मंगलबार, २६ असोज २०७८, ०९ : ५१
34 Shares
मंगलबार, २६ असोज २०७८
34 Shares

काठमाडौं । 

धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४  बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।