ताजा अपडेट »

ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु

सोमबार, २५ असोज २०७८, १२ : ५८
24 Shares
सोमबार, २५ असोज २०७८
24 Shares

साओ पाओलो । ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख १ हजार ११ जना पुगेको छ । यहाँ गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । तर पछिल्लो वर्ष यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घटेको थियो । यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८२ जनाको ज्यान गएको थियो ।

त्यसैगरी गएको २४ घन्टामा यहाँ योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६८७ जना रहेको थियो । यो सँगै यो भाइरसबाट सङ्क्रमित हुनेहरु यहाँ २ करोड १५ लाख नाघेको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएकोछ ।

यहाँको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुमा नै रही आएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।-सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।