बुटवल । बुटवलको मोतिपुरमा आइतबार भएको झडपमा सुरक्षाकर्मी र सर्वसाधरण गरि ७४ जना घाइते भएका छन्। झडपमा परी नेपाल प्रहरीका ३३ जना, सशस्त्र प्रहरीका २३ जना र स्थानीय १८ जना घाइते भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए ।
गम्भीर घाइते भएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना गरि ४ जना थप उपचारका लागि काठमाडौँ रिफर गरिएको केसीले बताए । घाइतेमध्ये नेपाल प्रहरीका ९ जना उपचाररत रहेका छन् भने र बाँकी डिस्चार्ज भएका छन् । यस्तै सशस्त्र प्रहरीका घाइते भएका काठमाडौँ लगिएका २ जना बाहेक अरु सबै डिस्चार्ज भएका छन् ।
झडपमा परी मध्यम घाइते भएकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार सुरक्षाकर्मी र स्थानीयबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । अहिले मोतिपुर क्षेत्रको अवस्था सामान्य रहेको प्रहरी प्रमुख केसीले बताए । अवस्था सामान्य भए पनि सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।
प्रतिक्रिया