ताजा अपडेट »

गुल्मीमा चिरपटले हानेर भतिजले गरे काकीको हत्या

आइतबार, २४ असोज २०७८, २० : ०१
22 Shares
आइतबार, २४ असोज २०७८
22 Shares

गुल्मी । गुल्मीमा चिरपटले हानेर आफ्नै भतिजले काकीको हत्या गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१३, दुबिचौरका २५ वर्षीय प्रकाश विकले आफ्नै ६० वर्षीया काकी पार्वती विकको हत्या गरेका हुन्।

आइतबार साँझ चिरपट प्रहार गरी गम्भीर घाईते भएकी विकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष खुम खत्रीले जानकारी दिए । घटनापछि हत्यारोपी विकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार