भाद्र २६,
बुटवल । रुपन्देहीको बुटवल १२ देविनगरमा अवस्थित नवीनऔद्योगिककदर बहादुर रीताम माविमा नव निर्मित विज्ञान प्रयोगशालाको बिहिबार शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिकाको ६ लाख पचास हजार, विद्यालयको ६ लाख ४८ हजार ४ सय २८ रुपैया ५५ पैसा गरी कुल १२ लाख ९८ हजार ४ सय २८ रुपैया पचपन्न पैसाको लागतमा आधुनिक, स्तरीय विज्ञान प्रयोगशालानिर्माण गरिएको विद्यालयले जानकारी गरायो ।
भवनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख गुमादेवी आचार्यले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएकोमा धन्यवाददिँदै भावी दिनहरुमा अझ सुधार गर्दै जान सुझाव दिइन् । विद्यालयका सल्लाहकार प्राध्यापक आनन्दमान शिंह शाक्यले विद्यालयले गणित तथा नेपाली प्रयोगशाला निर्माण एवम् अनुसन्धान तथा विकासलाई पनि ध्यानदिन सुझाव दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षता तथा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, शिक्षक अभिभावक संघका अध्यक्ष मदन विष्ट, विज्ञान संकायका विभागिय प्रमुख लक्ष्मी नारायण चौधरी लगायतले बीचार व्यक्त गरेका थिए । जीव विज्ञान शिक्षक रोशन तिवारी, भौतिक शास्त्रका शिक्षकहरु भीमराज खनाल, कृष्ण बहादुर घतीर्, रसायन शास्त्र शिक्षक सपना भटृराईले प्रयोगशालाहरुको बारेमाजानकारी गराएका थिए ।
त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पस पुल्चोकमा पूर्ण छात्रवृतिमा नाम निकाली भर्ना हुन सफल कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ अध्ययन गरेकी छात्रा सुजाता खरेललाई प्रमुख अतिथिले प्रशसा पत्रद्वारा सम्मान गरिन् । नवलपरासी टेक्वाण्दो एसोसियसनद्वारा आयोजित प्रथम अन्तर विद्यालय स्तरीय आमन्त्रण आइटिएफले टेक्वाण्दो प्रतियोगिता–२०७६ मा स्वर्ण पदक विजेता विद्यार्थीहरु राज थापा, सन्दिप शिह सुनार र अविक्षा श्रेष्ठलाई प्रमुख अतिथिले पुरस्कार वितरण गरिन् ।
प्रतिक्रिया