बुटवल । रुपन्देहीमा दशैँ अघि नै सबै नागरिकले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले असोज २२ र २३ गते सबै स्थानीयलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरको छ ।
यससँगै रुपन्देहीका नागरिकाले कोरोना विरुद्धको खोप लगाएर दशैँको टिका लगाउने भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लाका सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र गरी असोज २२ र २३ गते कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
‘१८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोभिड विरुद्धको भेरोसिल खोपको दशैँ अगाडी नै लगाउनु पर्ने भएकाले असोर २२ र २३ गतेसम्म खोप कार्यक्रम सबै पालिकाहरुमा एकै साथ लगाउने व्यवस्था मिलाउनु हुन अनुरोध छ ।’–सूचनामा भनिएको छ ।
प्रतिक्रिया