परासी । पश्चिम नवलपरासी प्रहरीले जिल्लाको सीमावर्ती क्षेत्रबाट पिकअप गाडीसहित विभिन्न ब्रान्डका सवारीसाधन प्रयोग हुने मोबिल नियन्त्रणमा लिएको छ । जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ रतनगजबाट प्रहरीले उक्त पिकअप गाडीसहित मोबिल नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल भित्राउँदै गरेको अवस्थामा जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ रतनगजबाट लु १ ज ४६२८ नम्बरको पिकअप गाडीमा सावरी साधनमा प्रयोग गरिने ९६४ लिटर मोबिल, गाडी र चालक सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरिएको डिएसपी राजु लामाले जानकारी दिए ।
उनका अनुसार ४लाख ३३ हजार मोबिल र ५लाख गाडीको मूल्य ५लाख गरी ९ लाख ३३ हजार बराबरको पक्राउ गरिएको बताए । उक्त मोबिल र पिकअप गाडी सहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको डिएसपी लामाले जानकारी दिए ।
प्रतिक्रिया