ताजा अपडेट »

११ लाख भारतीय रुपैयाँसहित व्यवसायी पक्राउ

सोमबार, १८ असोज २०७८, १९ : ४८
14 Shares
सोमबार, १८ असोज २०७८
14 Shares

इलाम । ११ लाख रुपैयाँ बराबर भारतीय नोटसहित इलामको सूर्योदय नगरपालिकाका- १० का एक व्यवसायी पक्राउ परेका छन् । सूर्योदय नगरपालिका- १० का अनुप अग्रवाललाई हर्कटे बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले उक्त रकमसहित पक्राउ गरेको हो ।

मे१च ६४२४ कार जाँच गर्ने क्रममा अग्रवालको साथबाट उक्त मूल्य बराबरको भारतीय नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ । भारतीय नोटसहित पक्राउ परेका अग्रवाललाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

अग्रवालले फिक्कल बजारमा व्यवसाय संचालन गर्दै आएका छन् ।

इलाम जिल्लामै भारतीय नोटको सटही काउन्टर छैन । सटही काउन्टरको अभावमा व्यक्तिहरूले नै नोट सटही गर्ने गरेका छन् । अग्रवालले समेत सटही काउन्टरबिनै भारतीय नोट साट्ने गरेका बुझिएको छ । -न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।