बैतडी । बैतडीको सुर्नया गाउँपालिका- २ सिउडेस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । विद्यालयमा पठनपाठनको वातावरण नभएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
विद्यालय भवन निर्माण भएको भनिएको अनियमितताको छानबिन गरी पठनपाठन गर्ने वातावरण हुनुपर्ने भन्दै विद्यार्थीहरूले सोमबार नाराबाजीसमेत गरेका छन् । विद्यालयबाट नारा लगाएर विद्यार्थीहरू सतबाँझ चौराहा पुगेका थिए । विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन हुन पाएको छैन ।
नेपाल राष्ट्रिय मावि ग्वानीको मल्टिपल भवन निर्माणका लागि व्यापारीहरूबाट निर्माण सामग्री खरीद गरेको र सो बापतको रकम अहिलेसम्म भुक्तानी नपाएको व्यापारीहरूले बताएका छन् । निर्माण सामग्रीको रकम नपाएका व्यापारीहरूले विद्यायमा तालाबन्दी गरेका छन् भने विद्यार्थीहरूले ताला खोलेर आफुहरूको पठनपाठन नियमित हुनुपर्ने माग राखेका छन् ।
विद्यालय भवन निर्माणमा अनियमितता भएकाले यसको सत्यतथ्य छानबिन हुनुपर्ने स्थानीयहरूले माग गरेका छन् । -न्यूज कारखाना
प्रतिक्रिया