बुटवल । रुपन्देहीमा भारतीय नागरिकले खुकुरी प्रहार गरि एक जनाकाे हत्या गरेका छन्। आइतबार राति शुद्धोधन–३, बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता–३ का अवधेश चमारको सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाका अनुसार मापसे सेवन गरेका मजदुरहरुमा सानो विषयमा भएको खटपटले खुकुरी प्रहार भएकाे हाे।
रविले अवधेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवधेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया