ताजा अपडेट »

लागूऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरालाई अदालतले दिएन जमानत

सोमबार, १८ असोज २०७८, ०८ : २३
26 Shares
सोमबार, १८ असोज २०७८
26 Shares

काठमाडौं । लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड नायक शाहरुख खानका छोरा आर्यनसहित तीन जनाको रात हिरासतमा बितेको छ।मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरू हिरासतमै बस्नु परेकाे हाे । अदालतले अर्यालसहित तीनै जनालाई एक दिन हिरासतमा राख्न नारकोर्टिक कन्ट्रोल ब्यूरो (एनसीबी) लाई अनुमति दिएको थियो ।

मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रूजमा आयोजित ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनसहित आठ जनालाई आइतबार हिरासतमा लिएको थियो ।आठमध्ये तीन जनालाई एनसीबीले सोधपुछ अदालतमा पेस गरेको थियो । अदालतको अनुमतिपछि तीनै जनालाई एनसीबीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतीश मानेशिंदेले जमानत माग गरेका थिए । एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।