ताजा अपडेट »

ओली ७४ वर्षसम्म एमालेको अध्यक्षमा रहन पाउने

आइतबार, १७ असोज २०७८, १७ : ३१
14 Shares
आइतबार, १७ असोज २०७८
14 Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ ।

यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो । तर, विधान महाधिवेशनले त्यसलाई थप व्याख्या गर्दै ७० वर्ष पूरा नभएसम्म पदाधिकारीमा उठ्न पाउने र आफू निर्वाचित भएको पद पूरै कार्यकाल बिताउन पाउने व्यवस्था गरिएको छ ।

यस आधारमा अब केपी ओलीलाई फेरि अध्यक्षमा उठ्न विधानले रोक्ने छैन । ओली अहिले ६९ वर्षका छन् । महाधिवेशनका हुँदाका बखत उनी ७० वर्ष पनि पुग्ने छैनन् । त्यसैले उनले पूरै कार्यकाल अध्यक्षमै रहन पाउने भएका छन् । एमाले उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधानलाई व्याख्या गर्दै यसबारे जानकारी गराएका हुन् ।

एउटै व्यक्ति सोही पदमा दुईपटकभन्दा बढी उम्मेदवारी दिन नपाउने विधानमा व्यवस्था गरिएको छ । -न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।