काठमाण्डौं । एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीनवटा आयोगलाई भने शक्तिशाली बनाएको हो । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
प्रतिक्रिया