ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना: २ वर्षिया छोरीको मृत्यु, आमा र चालक घाइते

शुक्रबार, १५ असोज २०७८, १३ : १२
16 Shares
शुक्रबार, १५ असोज २०७८
16 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा पैदलयात्रा गरिरहेका आमा छोरीलाई मोटरसाइकले ठक्कर दिएको छ । मोटरसाइकलको ठक्करबाट २ वर्षीय बालिकाको मृत्यु भएको छ भने उनकी आमा र मोटरसाइकलका चालक घाइते भएका छन् ।

तिलोत्तमा नगरपालिका–१२ नौ नम्बरस्थित सडकमा लु ७१ प ५६३४ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरि रहेका आमाछोरीलाई ठक्कर दिएको हो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–१२ की २ वर्षीया पृषिका गाहा मगरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।

यस्तै उनकी आमा २० वर्षीया संगिता गाहा र ठक्कर दिने मोटरसाइकलका चालक सोही ठाउँकै २५ वर्षीय सुवाष काफ्ले घाइते भएका छन् । गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनकी आमाको पुरानो मेडिकल कलेज भरतपुरमा र मोटरसाइकलका चालक काफ्लेको मणिग्राम स्थित क्रिमसन अस्पताल उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।