बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
बुटवल तर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकलाई लु १ झ ३९३ नम्बरको स्कार्पियोले शुक्रबार बिहान कार्यालय जाने क्रममा सैनामैना नगपालिका–५ बुद्ध नगरमा ठक्कर दिएको थियो । उपमेयर चढ्ने गाडी कार्यालय जाने क्रममा मोटरसाइकललाई ठक्कर दिएको हो । उक्त गाडी उपमेयर चढ्ने भएपनि उपमेयर मगर भने सवार रहेकी थिईनन् ।
दुर्घटनाबाट मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ का ७० वर्षीय बालकृष्ण गौतम र उनकी श्रीमती ६० वर्षीया लक्ष्मी गौतम घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले ग्लोबल आवाजलाई जानकारी दिए । उनीहरुको मुर्गियाको पुनम क्लिनिकमा उपचार भइरहेको थापाले बताए । घाइते दुबैको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया