ताजा अपडेट »

किड्स हेभनमा बड्की आइतबार विशेष कार्यक्रम

आइतबार, २२ भदौ २०७६, १८ : ५५
26 Shares
आइतबार, २२ भदौ २०७६
26 Shares


भदौ २२,
ग्लोबल आवाज
तिलोत्तमा । किड्स हेभन इङ्गलिश स्कूलले बिटिश काउन्शिल आइयसएको प्रोजेक्ट अन्र्तगत रहेर २०% स्थानीय पाठ्यक्रममा आधारित स्थानीय थारु समुदायको परम्परागत खाना शिर्षकमा बिभिन्न खाना तयार गरि मनाएको छ। कक्षा ४ र ५ का विद्यार्थीहरुको प्रोजेक्टमा स्थानीय थारु समुदायको परम्परागत खाना बड्की आइतबार बिशेषः पुरी, ढिकरी तयार गरी बड्की आइतबार मनाइएको हो । खानामा थारुहरुको खाना घोँगी पनि समावेश गरेका थिए । स्थानीय पाठ्यक्रममा आधारित यो प्रोजेक्ट बिद्यालयले कक्षा ४ र ५ का लागि मात्र गराएको थियो भने अन्य कक्षाहरुको लागि अरु विभिन्न थप प्रोजेक्टहरु उल्लेख छन् ।

बिद्यार्थीहरुले आफ्नो समुदायको खाना मात्र नभई पाकिस्तान स्थित एक गाँउको पनि परम्परागत खानाको बारेमा स्काइपमार्फत बुझेको आइएसए कोर्डिनेटर सूर्य पौडेलले बताए । बिद्यार्थीहरुले दिगो विकासको लक्ष्य ‘नो पोभर्टी ,नो हंगर एण्ड क्लालिटी एजुुकेशन’लाई गरिबी, भोक र गुणस्तरीय शिक्षालाई जोड दिई उक्त प्रोजेक्ट गरिरहेको शिक्षिका माया शर्माले बताइन् । यसै गरी प्री स्कूलको जनावरहरुको प्रोजेक्ट अन्र्तगत पाकिस्तानी स्कूल गर्भन्मण्ट गल्र्स् स्कूल ,सूूराज मूरेसँग सहकार्य गरी अंग्रेजी, नेपाली र उर्दु भाषामा घरपालुवा र जंगली जनावरहरुको बारेमा स्काइपमा कुराकानी अध्ययन एवम् प्रोजेक्ट सम्पन्न भएको शिक्षिका सबिता थापाले बताइन् । साथै अन्य अन्य प्रोजेक्टहरु पनि निरन्तर गरिरहेको आइएसए कोर्डिनेटर सूर्य पौडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।