बुटवल । वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । हिजो(सोमबार)साँझ ६ बजे बुटवल उपमहानगर १० कालिकानगर स्थित बिक्रम मल्लको घरमा रहेको टोयोटा अटो वास प्रालिको पुरानो बोर्डमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पाल्पा रुम्बा गाउँपालिकाका १ सहेबि घर भई हाल बुटवल ८ सुख्खानगर पुष्पापथ स्थित रहेको फ्यूचर टाइम कम्पनीमा कार्यरत २१ वर्षिय अशोक घर्ती करेण्ट लागेर उपचारको लागि क्रिमशन अस्पताल मणिग्राममा निधन भएको प्रहरीले जनाएको छ । घाइते घर्तीलाई अस्पताल पुर्याउँदासाथै चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया