ताजा अपडेट »

यी १० रोगका लागि बरदान हो हींग

सोमबार, ११ असोज २०७८, ०८ : ३९
152 Shares
सोमबार, ११ असोज २०७८
152 Shares

खानाको स्वाद बढाउनका लागि हींगको प्रयोग गरिन्छ । यसले स्वाद बढाउनुका साथसाथै पेटका समस्या पनि निको पार्छ । अरू रोग पनि यसले ठीक पार्छ । यहाँ हामी हींगका फाइदाका बारेमा बताउँदैछौं जसका बारेमा तपाईं लगायत धेरैलाई थाहै छैन ।

१ पेटको समस्या : हींगले अपच, पेटदुखाइ र पेट पोल्ने समस्यालाई हटाउँछ ।

२ रुघामर्की : हींगलाई पिँधेर पानीमा हाल्नुस् र एउटा शीशामा भर्नुस् । अनि यसलाई सुँघ्नुस् । यसो गर्दा रुघामर्की, टाउको भारी भएको र दुखेको निको हुन्छ ।

३ निमोनिया : पिठ्युँ र गलामा हींगपानीको लेप लगाउँदा खोकी, निमोनिया र साससम्बन्धी समस्या हट्छ ।

४ पेटको कीरा : पेटमा कीरा पर्दा अलिकति हींगलाई एक चम्चा पानीमा डुबाउनुस् । अनि त्यो घोललाई कपासमा राखेर चाकभित्र घुसाउनुस् । यसो गर्दा सबै कीरा मर्छन् ।

५ दाद : अलिकति हींग पानीमा मिसाएर दाद भएको ठाउँमा लगाउनुस् । दाद पूरै निको हुन्छ ।

६ गर्भवती महिला : बच्चा पाइसकेपछि महिलाले हींग खानुपर्छ । यसले गर्भाशय शुद्ध बनाउँछ र पेटसम्बन्धी समस्या पनि हटाइदिन्छ ।

७ जोर्नीमा पीडा : दिनदिनै हींग खाँदा जोर्नीका पीडा दूर हुनछन् र हड्डी पनि मजबुत बन्छन् ।

८ घाउ निको नहुँदा : कुनै घाउ निको नभएर ताजै रहिरह्यो भने नीमको पात र हींगलाई पिँधेर घाउमा लगाउँदा केही दिनमै ठीक हुन्छ ।

९ लो ब्लड प्रेसर : हींगको चूर्णमा अलिकति नून मिसाएर पानीका साथ पिउँदा लो ब्लड प्रेसर ठीक हुन्छ ।

१० दाँतमा कीरा : हींगलाई भुटेर कपासमा बेर्नुस् अनि दाह्रामा राख्नुस् । दाँतको कीरा यसले हटाइदिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।