परासी । नवलपरासीका मुस्लिम ओल्माहरु ईस्लामी कानुन विपरित कार्यगर्ने मुस्लिम व्यक्तिको घरमा वैवाहिक निकाह र नमाजे जनाजा नपढाउने निर्णय गरेका छन् । ओल्माहरु जहेजको विरुद्धमा अभियान संचालन गर्दै यस्तो निर्णय लिएका हुन्।
राष्ट्रिय ओल्मा काउन्सिल नेपाल नवलपरासीले आयोजना गरेको सम्मान तथा सपथ कार्यक्रममा ईस्लामि कानुन विरुद्ध कार्य गर्ने मुस्लिम व्यक्तिको कुनै पनि ईस्लामि धार्मिक कार्यक्रममा ओल्माहरु शरिक नहुने सपथ खाएका हुन् । राष्ट्रिय ओल्मा काउन्सिल नेपाल नवलपरासीका अध्यक्ष अमानुल्लाह तन्वीरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय ओल्मा काउन्सि नेपालका केन्द्रिय अध्यक्ष हाजी मौलाना सैयद गुलाम हुसैन मिँयाले यस्तो सपथ खुवाएका हुन् । सम्मान तथा सपथ कार्यक्रममा जिल्लाबाट १०० बढि मौलानाहरु ९धर्मावलम्बीहरु जुटेका थिए ।
कार्यक्रममा, कुनैपनि मुस्लिम व्यक्तिले विवाहमा केटि पक्षलाई सताएर जहेज लिने, विवाहमा आरकेस्टा, नाचगान र डिजे बजाउने, सुन्नी बाहेकका मजहबमा आफना केटाकेटीको विवाह गर्ने, भागेका केटाकेटीको विवाह गराउने, जाँडरक्सी जस्ता हराम पेय पदार्थ पिउनेको घरमा कुनैपनि धार्मिक कार्यक्रममा मौलानाहरु धर्मालम्बीहरु शरिक नहुने सपथ खाएको काउन्सिलका सदस्य मौलाना मोहरम अलि मंसुरीले जानकारी दिए ।
ईस्लाम धर्म र कानुन विपरित यस्तो कार्य गर्ने मुस्लिमको घरमा हुने वैवाहिक निकाह, मिलाद, कुरानखानी र नमाजे जनाजा समेत नपढाउने सपथ खाएका हुन् । काउन्सिल नवलपरासीको कार्यसमितिले यस्तो अहम ठुलो निर्णय लिई जिल्लाका सबै मौलानाहरुलाई सपथ खुवाउदै समुदायको सुधारमा व्यापक ध्यान पुरयाउन आग्रह गरेको हो ।
प्रतिक्रिया