परासी । नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा पालीका अधिवेशनमा प्रतापपुर र सुस्ता गाउँपालिकामा निर्विरोध उम्मेद्धार निर्वाचित भएका छन् । दुवै पालीकामा विक्रम खनाल पक्षधरले जित निकालेको छ । दुबै पालीकामा देवेन्द्रराज कण्डेंल पक्षधर कमजोर थियो ।
सुस्तामा सभापतिमा रविन्द्र कुमार बनियाँ, उपसभापतिमा नारायण पाण्डे, सचिव खुल्ला र समावेशिमा नारायण भण्डारी र अनिल कुमार महतो, सहसचिवमा विधाता अहिर र जितेन्द्र कुमार थारु निर्विरोध भएका छन् । यस्तै पाँच वडामा एक जना महिला सदस्य सहित ३र३ जना प्रतिनिधि निर्विरोध भएका छन् । समावेशि सदस्यमा १० जना सहित ३२ जना निर्विरोध भएका छन्। ।
यस्तै प्रतापपुरमा कांग्रेस सभापतिमा ज्ञानेन्द्र कुमार पंजियार निर्विरोध निर्वाचित भएकाछन्। । यस्तै उपसभापतिद्धयमा नाथुराम क्षेत्रि र राजु प्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेश कुमार गुप्त, सहसचिवमा निवास यादव र राजु धोवि निर्विरोध भएका छन् । महिला सदस्य सहित ८ ओटा वडा बाट तिन तिन जना र समावेशि सदस्य गरी प्रतापपुरमा ५२ जना निर्विरोध भएका छन् । प्रतापपुर र सुस्ता संविधान सभा सदस्य देवकरण कलवार सन्तुको पकड क्षेत्र मानिन्छ । काग्रेस पश्चिम नवलपरासीमा विक्रम खनाल र देवेन्द्र राज कंण्डेलको दुई गुटमा प्रतिस्पर्धा छ ।
प्रतिक्रिया