बुटवल । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानगरपालिकामा भएको नगरको मतदानमा ५४५ मत खसेको छ । ५६९ मतदाता रहेकोमा मतदानको समय अवधिभरमा ५४५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अबको केहि समयमा मुचुल्का र प्रकृया पुर्याएर मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले बताए ।नगर सभापतिको लागि देउवा पक्षबाट रिता केसी र पौडेल पक्षबाट खेलराज पाण्डेले पुनः उम्मेदवारी दिएका छन् । दुबै पक्षले प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।
पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छाँया पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनालले उम्मेदवारी दिएका छन् । यसैगरि केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया