ताजा अपडेट »

कांग्रेस महाधिवेशन : बुटवलको सभापतिका लागि पाण्डे र केसीद्वारा उम्मेद्वारी दर्ता

शनिबार, ०९ असोज २०७८, १० : १८
12 Shares
शनिबार, ०९ असोज २०७८
12 Shares

बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज पालिकाको अधिवेशन हुँदैछ । यसैबीच रुपन्देहीको एकमात्रै उपमहानगर बुटवलमा पनि दुबै पक्षले आ आफ्ना उम्मेद्वारी दर्ता गराएका छन् ।

दीपनगरमा रहेको सिद्धेश्वर लालकुमारी माविमा सुरु भएको निर्वाचनको लागि देउवा पक्षबाट रिता केसी र पौडेल पक्षबाट खेलराज पाण्डेले प्यानल सहित उम्मेद्वारी दर्ता गराएका हुन् ।

पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छाँया पोखरेलर गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनाल रहेका छन् ।

यसैगरि केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरे रहेका छन् ।

निर्वाचनको लागि उपनगरका ५ सय ८४ जना क्षेत्रिय प्रतिनिधिले भाग लिन पाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।