बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सभापतिको लागि पहिलोपटक महिलाको उम्मेद्वारी परेको छ । सभापतिको लागि रीता केसीले उम्मेद्वारी घोषणा गरेकी छन् ।
यस्तै, उनको समूहबाट उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरेले पनि उम्मेद्वारी घोषणा गरेका हुन् । बिहीबार बुटवलमा आयोजित उम्मेद्वारी घोषणा सभामा सभापतिका उम्मेदवार केसीले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन् ।
उनले अर्का प्रतिस्पर्धी खेलराज पाण्डेलाई चुनौती दिँदै उम्मेद्वारी घोषणा गरेकी हुन् ।
प्रतिक्रिया