ताजा अपडेट »

कांग्रेस महाधिवेशन : बुटवल उपमहानगरको सभापतिमा पुन: पाण्डे भिड्दै

विहीबार, ०७ असोज २०७८, १९ : ०१
20 Shares
विहीबार, ०७ असोज २०७८
20 Shares

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाको निर्वाचन नजिकिएसँगै निर्वाचनको सरगर्मी बढेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सभापतिको लागि खेलराज पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै उपसभापतिमा ज्योती भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवराज अर्गली र पुरुषोत्तम खनालले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार बुटवलमा आयोजित उम्मेद्वारी घोषणा सभामा सभापतिका उम्मेदवार पाण्डेले संगठनलाई चलयामान बनाउन फेरी एकपटक सभापतिको उम्मेद्वारी घोषणा गरेको बताए ।

उनले बुटवलमा नेपाली कांग्रेलाई सबै तहमा जिताउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे । 'बुटवलमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्नेछु ।' उनले भने- 'चाहेँ वडाको चुनाव होस्, चाहे पालिकाको होस्, चाहे प्रदेश, संघको होस् कांग्रेसलाई जिताउँन सक्ने पार्टीको रुपमा अगाडी बढाउने छु ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।