काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आइतबारदेखि भौतिक रूपमा सञ्चालन गर्न पाइने भएको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले आइतबारबाट विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताए्र ।
भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गरेको हुनुपर्ने सुवेदीले बताए । यदि अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने अनिवार्य भौतिक कक्षा सञ्चालनको लागि आग्रह नगरिएको उनको भनाई छ ।
“भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा पहिले शिक्षक ,अभिभावकहरुसँग छलफल गरेर उनीहरु सहमत भएमात्र विद्यालय सञ्चालन गर्नुपर्ने निर्णय भएको छ” सुवेदीले भने । विद्यालयमा भौतिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयले कक्षा सञ्चालनको कार्यविधि बनाएर शिक्षा महाशाखामा पेश गर्न पनि आग्रह गरीएको उनले बताए। भौतिक कक्षा सञ्चालन गर्ने विद्यालयको अनुगमन पनि हुने उनको भनाइ छ ।
प्रतिक्रिया