दाङ । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको काम र प्रगती देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको साहारामा सरकार ढालेको बताए । बर्दियाको गुलरियामा आयोजित वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष वलीले सो कुरा बताएका हुन् । उनले जनादेशको सरकारलाई हटाएर परमादेशको सरकार बनेको बताउँदै सरकार बनेको लामो समयसम्म पनि पुर्णता पाउन नसकेको बताए ।
सरकारले उन्नती प्रगती गरेकै हुनाले हाम्रा विरोधीहरु र केही पार्टी भित्रका महत्वकांक्षी व्यक्तीहरु आतिएर सरकार ढालेको बताए । सरकारको काम देखेर देश भित्र र बाहिरका प्रतिक्रियाबादी शक्तिहरु आत्तिएर अदालतको परमादेशबाट सरकार ढालेको बताए । नेकपा एमालेको सरकारले गरेको कार्यको बारेमा बताउँदै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना नेकपा एमालेमा मात्र रहेको बताए । उनले आफ्नो पालामा विश्व बैँकले समेतले नेपाललाई दक्षिण एसिया कै उदाउँदो तारा भनेर नामाकरण गरेको बताए ।
उनले भने देश बनाउन शताब्दी कुर्न नपर्ने बताउँदै १० बर्ष भित्र देशलाई समृद्धिको बाटोमा लान गरिबी घटाउन र हटाउने सकिन्छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा उन्नती प्रगती गराउन सके देश छिट्टै बन्ने उनको भनाई रहेको छ । उनले भने गरिबको छोरालाई राम्रो शिक्षा दिएर डाक्टर बनाउन सकिएयो भने उ गरिब रहँदैन । अहिले कतिपयले प्रचण्डले छोडेर गएको र एमाले नै फुटेकोले पार्टी कमजोर भएको बताउने गरेको भएपनि वास्तविकता त्यस्तो नभएको बताए । उनले भने विगतमा नेकपा एमाले कसैको बैशाखी टेकेर अगाडी नबढेको र अहिले पनि त्यस्तो अवस्था नभएको बताए । उनले भने नेकपा एमाले अब आफ्नै शक्तीमा अगाडी बढ्छ । अझ आधा माओवादी केन्द्र एमाले मै रहेको छ ।
नेकपा एमालेका अध्यक्ष वलीले सर्वोच्च अदालतले नेकपा एमालेलाई न्याय दिने हो भने माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टी नै नहुने बताए । उनले भने हामीले पार्टीबाट कारवाहीका लागि पत्र लेखि सकेपछि सरकारले अध्याद्धेश ल्याएर पार्टी फुटेको बताए । यदी पार्टी भईहाले पनि कुनै पार्टीको पालीमा गएर आश्रय मागेर मत केटाकेटी सहित आँए भन्नेको विकल्प नरहेको अध्यक्ष वलीले बताए ।
सरकार गठन भएको लामो समयसम्म पनि बनाउने भन्दा विगार्ने काम गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले देशको विकासका लागि पैसा नै नभएको बताउने कस्तो दरिद्रहरुको सरकार हो भनेर प्रश्न गरे । उनले भने हामी जाने वित्तिकै पैसा हुन्छ उनीहरु जाने वितिक्कै पैसा छैन । कस्तो दरिद्रहरुको सरकार बनेछ । मन्त्री परिषद्विस्तार गर्न नसक्ने सरकारले गरिबहरुलाई जग्गा दिने सुकुम्बासी आयोग खारेज गर्दछ । बनाउन नसक्ने तर भत्काउन विगार्न सक्ने कस्तो सरकार बनेछ रु उनले भने हामीले दवाव दिएपछि अहिले पुनः आयोग बनेको छ तर अनुभवीहरुलाई निकालेर केही पनि नजान्नेहरुलाई राखिएको छ । उनले भने ख्याल गर्नु होला यती पैसा देउ जग्गा धनि पुर्जा दिन्छौँ भन्लान ख्याल गर्नु होला र त्यस्तो गल्ति नगर्नु होला । उनले १५ महिनापछि हामीले निःशुल्क जग्गा धनि प्रमाण पुर्जा दिने छौँ ।
प्रतिक्रिया