ताजा अपडेट »

१४ वर्ष मुनिका बालबालिकाले ४० मिनेटबढी टिकटक चलाउन नपाउने

मंगलबार, ०५ असोज २०७८, १२ : ०३
44 Shares
मंगलबार, ०५ असोज २०७८
44 Shares

बुटवल । १४ वर्ष मुनिका बालबालिकाले दैनिक ४० मिनेट बढी टिकटक चलाउन नपाउने भएका छन् । चिनियाँ भर्जनको टिकटक ‘दोयिन’ ले ‘टिनेज मोड’ सुरु गर्दै चिनका बालबालबालिकाहरुका लागि यो नियम लागू गरेको हो ।

टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई समयावधि तोकिएको जानकारी दिएको छ । बालबालिकाहरुले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउने छन् । यसैगरी प्रयोगकर्ताले वास्तविक नाममा टिकटक आइडी बनाउनुपर्नेछ ।

त्यस्तै तियानमेन स्क्वायर, जिन्जियाङ उइघुर मुस्लिमलगायतका राजनीतिक रूपले संवदेनशील विषयमा बनाइने भिडियोमाथि पनि कडा निगरानी राखिने र उक्त सामग्री तुरुन्त हटाइनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।