ताजा अपडेट »

चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

आइतबार, २७ भदौ २०७८, १५ : ५८
16 Shares
आइतबार, २७ भदौ २०७८
16 Shares

बेइजिङ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ । देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ । चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको थियो ।

कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ । कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जनाको सङ्क्रमित भएका छन् भने यसको सङ्क्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।