ताजा अपडेट »

२४ घण्टाका लागि एक जिबी डाटा मात्र ४५ रुपैयाँमा

बुधबार, ११ भदौ २०७६, १२ : ०२
16 Shares
बुधबार, ११ भदौ २०७६
16 Shares

भाद्र ११,
बुटवल । नेपाल टेलिकमले दैनिक रुपमा प्रयोग गर्न मिल्ने डाटा प्याकेज ल्याएको छ।सहुलियत दरमा प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने प्याकेज टेलिकमले ल्याएको हो।

यो सुविधा लिन आइडिआइजी लेखेर १४१५मा पठाएपछि २४ घण्टा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। यो प्याकेजका लागि ४५ रुपैयाँ करसहित शुल्क लाग्छ।यो योजना अनुसार प्रति एमबि करसिहत साढे चार रुपैयाँ लाग्छ। कम्पनीले एक साताका लागि साढे दुई सय रुपैयाँमा सात जिबी डाटा योजना समेत ल्याएको छ।

यो सेवा लिन ७ डी ७ जी लेखेर १४१५मा पठाउनुपर्नेछ। कम्पनीका अनुसार सात दिनसम्म एक जिबीका दरले डाटा चलाउन सकिन्छ।टेलिकमले सबैभन्दा सस्तो दरको इन्टरनेट सेवाका लागि २८ जिबी समेत ल्याएको छ। ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन सकिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यसका लागि २८ डी २८ जी लेखेर १४२५मा पठाउनुपर्ने कम्पनीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।