भाद्र १०,
काठमाण्डौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट १० बजारमा ल्याएको छ। सोमबार पत्रकार सम्मेलन मार्फत सामसङले ग्यालेक्सी नोट १० लन्च गरेको हो। यसको अगस्ट महिनाको १२ देखि २३ तारिखसम्म प्रि–बुकिङ्ग खुल्ला गरिएको थियो।
‘ग्यालेक्सी नोटले बेस्ट–अफ–द–बेस्ट प्रविधि एंवम् सुविधाहरूका साथ प्रस्तुत गर्नु पर्दछ भन्ने मान्यताका साथ अगाडि बढ्दै आएको थियो। ग्यालेक्सी नोट १० यसै मान्यतालाई आत्मसाथ गर्दै स्मार्ट फोनका नयाँ पारखीहरु माझ उनीहरुको प्रोडक्टीभिटी एवं क्रिएटिभिटिलाई सहजै माथिल्लो तहसम्म पुर्याउन मद्दत गर्ने विश्वास लिएको छ।’ सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणय रत्न स्थापितले बताए। ग्राहकले ग्यालेक्सी नोट १० तथा ग्यालेक्सी नोट १०+ फोन ५००० को डिपोजिट गरी प्रि बुकिङ्ग गर्न सक्नेछन्। ग्यालेक्सी नोट १० को मूल्य १,१६,००० तथा ग्यालेक्सी नोट १०+ १,३५,००० तोकिएको छ। यो विभिन्न आकर्षक रंगहरुमा उपलब्ध छ।
यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्ने तथा मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि भएको उनीहरुले बताएका छन्। ग्यालेक्सी नोट १० ले इकोसिस्टमलाई केन्द्रमा राखेको छ।
प्रतिक्रिया