ताजा अपडेट »

बिएचएम र बिआईएममा ‘अब्बल बन्दै’ अक्सफोर्ड कलेज

मंगलबार, २२ भदौ २०७८, ११ : ४१
22 Shares
मंगलबार, २२ भदौ २०७८
22 Shares

बुटवल । बुटवलको अक्सफोर्ड कलेजले यस वर्ष पनि बि.एच.एम र बि.आई.एम.मा उत्कृष्ट नजिता हासिल गरेको छ । त्रिवीले हालै सार्वजनिक गरेको नजितामा बि.एच.एम मा दिवश बेल्बासेले ३.८० सि जीपिए र बि.आई.एम. तर्फ बिमल बन्जाडेले ३.७८ सि जीपिएसहित कजेलले उत्कृष्ट नजिता हासिल गरेकोे कार्यक्रम संयोजक ओम बहादुर खत्रीले बताए ।

२०७५ सालमा त्रिभुवन विश्वविद्यालयबाट ३३/३३ कोटामा पठन–पाठन गराउन सम्बन्धन प्राप्त भएता पनि बि.एच.एम.मा ६ जना र बि.आई.एम. मा ११ जना गरी १७ जना विद्यार्थीहरुबाट पठन–पाठन सुरु गरेको कार्यक्रम संयोजक ओमबहादुर खत्रीले बताए । हाल भने कोटा भन्दा धेरै विद्यार्थीको आवेदन आउने गरेको खत्रीले बताए ।

सुविधा सम्पन्न आफ्नै भवनमा आबश्यक पूर्वधारसहितको कक्षाकोठा र प्रयोगात्मक कक्षाहरुसहित यसक्षेत्रका तथा विभिन्न समयमा देशकै ख्यातिप्राप्त शैक्षिक संस्थामा अध्यापन गराएका अनुभवी लेक्चरबाटबाट अध्यापन गराउँदै आएको क्याम्पस प्रमुख मनोज मरासिनीले बताए । साथै बीएचएमा विद्यार्थीहरुलाई इन्डस्ट्रियल एक्सपोजरका लागि यस क्षेत्रकै उत्कृष्ट होटेलहरुमा विभिन्न समयमा पठाउँदै आएको क्याम्पस प्रमुख मरासिनीले बताए ।

बि.एच.एम. अध्ययन गर्नका लागि ६ लाख ५० हजार र बि.आई.एम. अध्ययन गर्नका लागि ५ लाख ५० हजार शुल्क लाग्ने कार्यक्रम संयोजक खत्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।