परासी । पश्चिम नवलपरासीमा बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता हुनेको परिवारलाई नगद रकम हस्तान्तरण गरिएको छ । अमेरिकमा रहेका नेपालीहरूको संस्था देउराली फाउण्डेसन रकम संकलन गरी नवलपरासीका बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई नगद रकम हस्तान्तरण गरेको हो ।
देउराली फाउण्डेसनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीको समन्वयमा बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई घरमै नगद रकम हस्तान्तरण गरिएको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए । यही भदौ ११ गते आएको बाढिले नवलपरासी पश्चिममा बाढीमा ३ जानाले ज्यान गुमाएको र बाढीले बगाउँदा एक जान बेपत्ता भएको परिवारलाई नगद रकम हस्तान्तरण गरिएको अध्यक्ष शर्माले बताए ।
अमेरिकामा रहेकी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकी सदस्य सरू शर्माको पहलमा देउराली फाउण्डेसनले ४४ हजार रकम संकलन गरि पठाएको र नेपाल पत्रकार महासंघको समन्वयमा ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई प्रति परिवारलाई ११ हजार दरले नगद रकम हस्तान्तरण गरिएको शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए ।
बाढीले रामग्राम नगरपालिकाको वडा नं. १८ पम्पपुरका बाबू बिनोद पासी र छोरा प्रदिप पासीलाई बाढिले बगाएको उनिहरूको परिवारलाई ११ र ११ हजार नगद, तृरिया खोलामा आएको बाढीले बगाउँदा सुनवल नगरपालिकाको वडा नं. ४ का एलिसा तमाङको बुवालाई ११ हजार नगद र सुनवल नगरपालिकाको वडान २ बतरौलीका बभन थारू झरही खोलामा दाउरा निकाल्दा जाँदा खोलामा आएको बाढिले बगाउँदा बेपत्ता भएको उनको परिवारलाई ११ हजार नगद रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।
जिल्लामा बाढीले बगाउँदा ३ जनाले ज्यान गुमाएका छन भने एक जना बेपत्ता भएका छन । बेपत्ता भएको अझै भेटिएका छैनन् । उनको खोजी कार्य भईरहेको छ ।
प्रतिक्रिया