ताजा अपडेट »

कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु

शनिबार, १९ भदौ २०७८, ०८ : २६
10 Shares
शनिबार, १९ भदौ २०७८
10 Shares

दाङ । दाङको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार लमही नगरपालिका वडा नं. ९ निवासी २४ बर्षीया महिलाको आज विहान साढे ४ बजेतिर निधन भएको हो । उनी भदौ १० गतेदेखि आईसियुमा उपचाररत थिइन् ।

उनमा निमोनियासँगै स्वासप्रश्वासमा समस्या थियो । हाल अस्पतालको आईसियुमा ७ संक्रमितको उपचार भइरहेको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी