बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत वडाको अधिबेशन आज देखि प्रारम्भ भएको छ । कांग्रेस सैनामैना नगरपालिका वडा नं. ७ मा भएको वडा अधिबेशनमा टिकाराम उप्रेतीसभापतिमा सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले उपसभापतिमा शिव प्रसाद पोख्रेल र लाल पुरी,सचिवमा ओम प्रकाश अर्याल,कृष्ण ज्ञवाली,सह सचिवमा शंकर प्रसाद बन्जाडे, रीता कुमारी अर्मजा र कोषाध्यक्षमा टामलाल न्यौपाने सर्वसम्मत चयन गरेको हो ।
यस्तै समितिको सदस्यमा रुद्र सापकोटा,रेशमराज पाण्डे,राम प्रसाद न्यौपाने,इन्द्रजित घर्ति,दधिराम पोख्रेल,नन्दराम पौडेल,विष्णु प्रसाद बन्जाडे,हिरा प्रसाद कोहरी,रुमा शर्मा बेल्बासे,लिलावती चौधरी,भुल्लु प्रसाद चौधरी,शर्मिला सुनार,विनोद यादव,पार्वती पन्त चयन भएका छन् ।
त्यसैगरी सो वडाबाट १६ जना क्षेत्रीय सदस्य पनि सर्वसम्मत चयन भएका छन् । जसमा क्षेत्रीय सदस्य नारायण खनाल,यम कमारी पन्त,मथुरा काफ्ले,खिमराज पोख्रेल,दिपक काउचा मगर,राजकुमार चौधरी,रामकिशन मल्लाह,यदुनाथ ज्ञवाली,किरण पौडेल,टिका कुमारी पुन,कृष्ण प्रसाद भट्टाराई,टिकाराम न्यौपाने,दामोदर ढकाल,सुरेश परियार,भिमसेन पुन र इन्दीरा गैरे रहेका हुन् ।
कार्यक्रम कांग्रेस वडा सभापति नारायण खनालको अध्यक्षता,पुर्व लुम्बिनी प्रदेश प्रत्याशी विष्णु पोख्रेल र नगर सहसचिब यदुनाथ ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सरस्वती माध्यमिक विद्यालयको हलमा भएको कार्यक्रम भने वडा सचिब सुवास पौडेलको सञ्चालन रहेको नव निर्वाचित उपसभापति शिव प्रसाद पोख्रेलले जानकारि दिए।
प्रतिक्रिया