भदौ ६,
ग्लोबल आवाज
बुटवल । बुद्ध सामुदायिक टेलिभिजन शुक्रबारदेखि १२ औं वर्षमा प्रवेश गरेको छ । ‘शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलबाट प्रसारण हुँदै आएको छ । १२ औं वर्ष प्रवेशको अवरमा टेलिभिजनले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सवको शुभारम्भ गरेको छ । सो अवसरमा बोल्ने बक्ताहरुले टेलिभिजनलाई थप शसक्त बनाउनका लागि सबैको प्रतिबद्धता हुनुपर्ने बताएका छन् । टेलिभिजनका अध्यक्ष पृथ बहादुर फौदार पृथ्वीको अध्यक्षतामा भएको कार्यक्रममा टेलिभिजन सञ्चालक जेष्ठ सदस्य महेश्वरप्रसाद श्रेष्ठले मैनबत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सो अवसरमा बोल्दै उनले टेलिभिजनले समाज परिवर्तनमा खेलेको भूमिका सराहनिय रहेको बताउँदै थप सशक्त ढंगले अगाडी बढाउनुपर्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष बेनबहादुर पौडेल क्षेत्री,पूर्व सांसद बिनोद पहाडी,कांग्रेस महाधिबेशन प्रतिनिधि रामबहादुर कार्की, नगर सभापति खेलराज पाण्डेय,उपाध्यक्ष ओम ज्ञवाली,लेखबहादुर कार्की,राधेश्याम राज भण्डारी, रामराज पोखरेल, टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मी लगाएतले बोल्दै टेलिभिजनलाई थप सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
टेलिभिजन अहिले केबुल नेटवर्क, डन , सिम, क्लियर टिभि नेटर्वक मार्फत देशभर २४ घण्टा नै प्रशारणमा रहेको र १२ वर्षमा टेलिभिजन प्रवेश गर्दा समाचार , मनोरञ्जन , जनचेतना , शिक्षा ,स्वास्थ्य र विभिन्न भाषामा कार्यक्रमहरु सञ्चालन गर्दै आएको कार्यकारी प्रमुख बिष्णु भुसालले बताए ।
प्रतिक्रिया