ताजा अपडेट »

श्रीकृष्ण जन्माष्टमी : तिनाउमा सय भन्दा बढि कृष्णहरु

शुक्रबार, ०६ भदौ २०७६, २२ : ३१
14 Shares
शुक्रबार, ०६ भदौ २०७६
14 Shares


भदौ ६,
ग्लोबल आवाज

बुटवल । तिनाउ ई.बो स्कुलमा श्री कृष्ण जन्माष्टमीको अवसर पारेर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शुक्रबार विद्यालयमा आयोजित श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रममा झण्डै १०० भन्दा बढि विद्यार्थीहरुले श्रीकृष्ण भगवानको स्वरुप धारण गरेका थिए । श्रीकृष्ण भगवानको स्वरुपमा उपस्थित विद्यार्थीहरु मध्ये कोहि हातमा बासुरीसँगै छेउमा थुप्रै गोपिनीहरु सहितको नाटक पनि सँगै प्रस्तुत गरिएको थिए ।

विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेको प्रमुख आतित्थ्यता तथा प्राचार्य सिता पाण्डेको विशिष्ट आतित्थ्यतामा सम्पन्न् उक्त कार्यक्रमले भगवान् कृष्णको झझल्को मेटाएको थियो । कार्यक्रमहरुको बीच–बीचमा विभिन्न खाले भगवान कृष्णसँग सम्बन्धित लोकभजन , तथा झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । यसै अवसरमा बोल्दै विद्यालयकी प्राचार्य सिता पाण्डेले भगवान श्रीकृष्णसँग सम्बन्धित विभिन्न जानकारी प्रदान गरेकी थिइन्। सोही अवसरमा तिनाउ साहित्य वाटिको आयोजना तथा इन्चार्ज विशवास भण्डारीको समायोजनमा कक्षा (४–९) मा ‘श्रीकृष्ण जन्माष्टमी’शिर्षकमा वक्तृत्वकला समेत सम्पन्न भएको छ ।

त्यस्तै विद्यालयका नियमित शुक्रबारीय क्रियाकलापहरु अन्तर्गत तिनाउ क्विज क्लबको आयोजना तथा इन्चार्ज कृष्टीना पौडेलको समायोजनमा जुनियर हाजिरी जवाफ प्रतियोगिता, तिनाउ आर्ट क्लबको आयोजना तथा इन्चानर्ज सानु पौडेलको समायोजनमा आर्ट एण्ड क«ाफ्ट प्रतियोगिता, तिनाउ इ. सोसाइटीको आयोजना तथा इन्चार्ज वेद प्रसाद न्यौपानेको समायोजनमा वक्तृत्वकला प्रतियोगीताहरु सम्पन्न भएका थिए । विभिन्न प्रतियोगितामा क्रमशः प्रथम, द्घितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डे र प्राचार्य सिता पाण्डेले टिका लगाएर पुरस्कार प्रदान गरेको विद्यालका सहप्रचार्य इश्वरी प्रसाद पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।