परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–दुम्किबास खण्डको बीचमा पर्ने दाउन्ने पहाडमा ठाउ–ँठाउँमा पहिरो खसेका कारण सवारी सञ्चालनमा कठिनाई भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थीत दाउन्ने पहाडमा निरन्तर लेदोसहितको पहिरो खसिरहेकाले सवारी साधन आशिंक रुपमा चलिरहेका छन् ।
सोमबार ठूलो पहिरो खसेपछि हटाएर सडक सुचारु गराइएको भएपनि मगंलबार दिउँसोदेखि नै लेदो सहितको पहिरो खसेका कारण सवारी साधन नियमित सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख बासुदेव नेपालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डका विभिन्न स्थानमा पुल भासीनी र डाइभर्सन बगाउँदा चारदिन देखि सहज रुपमा सवारी साधन चल्न सकेका छैनन् ।
प्रतिक्रिया