ताजा अपडेट »

सरकारी कार्यालयका कागजात बाढीले नष्ट

मंगलबार, १५ भदौ २०७८, १९ : ५७
12 Shares
मंगलबार, १५ भदौ २०७८
12 Shares

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेका सरकारी कार्यालयका कागजात बाढीका कारण नष्ट भएका छन् । बाढिका कारण परासी क्षेत्र डुबानमा परेपछि त्यस्को असरले सेवा संञ्चालन गर्न पनि नसकिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकताका अनुसूची, अभिलेख रजिष्ट्रर, मुद्धाका मिसिल, संघ संस्था दर्ता लगाएत प्रशासन फाँटका महत्वपूर्ण कागजपत्र नष्ट भएको छ । भुई तलाँका सबै कम्प्युटर प्रिन्टर लगाएतका समाग्रि नष्ट भएको छ ।

नापि कार्यालयमा पनि लेदो सहितको माटो जमेका कारण सरसफाईमा समय लाग्ने भएकाले कार्यालय बन्द गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको कम्पाउन्ड वाल, सेवाग्राही बस्ने ट्रष्ट बाढिले बगाईदिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्र प्रसाद भुषालले जनाएका छन् ।

जिल्लाको विद्युत प्राधिकरण परासी वितरण केन्द्र, कृषि ज्ञान केन्द्र लगाएत रामग्राम नगरपालिकाका विभिन्न वडा कार्यालयमा बाढिले क्षति पुर्याएका कारण सेवा प्रवाह संञ्चालन हुन नसकेको हो ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल