ताजा अपडेट »

कोरोनाको मारमा 'होमस्टे', प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग

मंगलबार, १५ भदौ २०७८, १२ : ४२
32 Shares
मंगलबार, १५ भदौ २०७८
32 Shares

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवद्र्धन गर्न तालिम र भौतिक पुर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले प्रवद्र्धनमा पहिलो कार्यक्रम होमस्टे (घरबास) बाटै शुरु गर्नुपर्ने होमस्टे (घरबास) एसोसिएसन नेपालका उपाध्यक्ष यदुमणी निरौलाले माग गरे ।

अर्थतन्त्र कमजोर भएकाले ठूला खर्चभन्दा साना खर्चमा रमाउने पर्यटक धेरै भएकाले प्रवद्र्धनको शुरुवाती पहल होमस्टेबाट शुरु गर्नुपर्ने उनको सुझाव छ । गाउँ पर्यटन विकासको आधार नै होमस्टे भएकाले स्थानीय तहका जनप्रतिनिधिसहित व्यवसायीहरुलाई तालिम दिन व्यवसायीहरुको माग छ । ग्रामीण जीवनलाई जिविकोपार्जनमा पूर्णरुपमा सहयोग गर्ने, सेवासँगै नाफामुलक व्यवसाय गर्न सकिने र होमस्टे व्यवसाय परिवार मिलेर गर्न सकिने भएकाले सेवासँगै आर्जन पनि हुने होरिजन होमस्टे पाल्पाका प्रमुख धानीस्वर बस्यालले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रवद्र्धन शाखाका उपसचिव नरहरि घिमिरेले होमस्टे प्रवद्र्धनमा भौतिक पूर्वाधार निर्माणदेखि तालिमका कार्यक्रम सञ्चालनको तयारी गरेको बताए । स्थानीय खाना, सामाग्री र सत्कार कसरी गर्नेसम्बन्धी तालिम, सोलार सिष्टम वितरणदेखि सामुदायिक होमस्टेलाई भवन निर्माण गर्ने घिमिरेले बताए । मन्त्रालयले होमस्टेमा आएका पाहुना पर्यटकको तथ्याङक संकलन गरी स्थानीय उत्पादन विक्री वितरणमा सहयोग गर्न प्राविधिक सहयोग समेत गर्ने उनले बताए ।

होमस्टेलाई प्रवद्र्धन गरे गाउँ रमणीय बनाउन सकिने, पूर्णरुपमा बासको सुरक्षा दिन सरकारले कोभिड खोप लगायतका कार्यक्रमलाई तत्कालै ल्याउन सुझाव दिएका छन् । सरकारले दर्ता प्रक्रियालाई सहज गरेको छ । प्रदेश १ सरकारले होमस्टे सञ्चालन कार्यविधि ल्याएर घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा दिएर दर्ता प्रक्रिया शुरुगरेको छ । संखुवासभामै पहिलो पटक खाँदबारी होमस्टे दर्ता गर्नुभएकी सुनिता ढुङगाना भने, दर्तासँगै सञ्चालनमा थप अनुदान र प्रवद्र्धनमा सहयोग गरे सानो सहयोगमा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्नेछ । आन्तरिक तथा वाह्य पर्यटकको मुख्य रोजाइमा पर्ने र जीविकोपार्जनमा समेत सहयोग पुग्ने उनको भनाई छ । न्यानो आतिथ्यतासँगै स्थानीय परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले होमस्टेबाट आन्तरिक तथा वाह्य पर्यटनहरु आकर्षित हुनेगरेको घिमिरेले बताए ।

स्थानीय तह, प्रदेश सरकारहरुले होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरी प्रवर्धनको काम शुरु गरेको छ । पर्यटकहरु सुविधासम्पन्न ठूला होटलमाभन्दा पनि गाउँमा रमाउन थालेकाले सबैको रोजाइमा होमस्टे पर्न थालेको होमस्टे ९घरबास० एसोसिएसन प्रदेश १ का अध्यक्ष विनोद सुव्वा गुरुङले बताए। ग्रामीण भेगका कतिपय ठाउँमा बेलुकाको समयमा बास बस्न आएका पाहुनाहरुलाई आफ्नो भान्सा चुलोमा जे पाकेको छ त्यहि खान दिने गरिन्छ । त्यसबापत न्यूनतम् रकम मात्र लिने चलन थियो, यसकै आधुनिक रुप होमस्टे ९घरवास० भएको अध्यक्ष गुरुङले बताए।

२०५४ सालबाट स्याङजाको सिरुबारीमा पहिलो पटक होमस्टे पर्यटन शुरु भएपछि हाल करिब ४५ जिल्लाका एक हजार आठसय घरले होमस्टे सञ्चालन गर्दैआएको एसोसिएसनको तथ्याङक छ । होमस्टेको रुपमा प्रख्यात रहेका लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, पसगाउँ, सिउरुङ, रसुवाको बृद्धिम, इलामको श्रीअन्तु, चितवनको सैराहा, कैलालीको माघी, भादागाउँ नवलपरासीको अमलटारी, बर्दियाको ठाकुरद्वारा, संखुवासभाको खाँदबारी लगायत छन् । अन्यत्र पनि विस्तार हुनेक्रममा छन् ।

पर्यटन प्रवद्र्धनको मुख्य आधार होमस्टे भएको बताउँदै यसका लागि राज्यले महत्वकासाथ प्रवद्र्धनका कार्यक्रमहरु ल्याउनु पर्ने सामुदायिक विकास विज्ञ सुभाषचन्द्र देवकोटाले बताए। पर्यटन नीति २०६५ ले पर्यटन सेवाबाट हुने लाभ स्थानीय समुदाय र जनतासम्म पु¥याउनु पर्ने र ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने तथा ग्रामीण पर्यटनलाई गरिबी निवारणसँग आबद्ध गरी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने कुरा उल्लेख गरेको छ । यसमा राज्यले कार्यन्वयनमा ढिलाई गर्न नहुने उनको सुझाव छ ।

सरकारले होमस्टे सञ्चालन कार्यविधि २०६७ ल्याएर हाल व्यवस्थापन गर्दैआएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रवद्र्धन शाखाका उपसचिव नरहरि घिमिरेले बताए । कार्यविधिले होमस्टे दर्ता भएपछि कम्तीमा साढे ६ फिट लम्बाइ र तीन फिट चौडाइ भएको खाट हुनुपर्ने, एउटा कोठामा दुईवटा खाट राख्न सकिने, ओछ्यानमा सेतो तन्ना, सिरक, सिरानी र एउटा तौलिया हुनुपर्ने उल्लेख छ । कोठामा चिया टेबल, दुईवटा कुर्सी, ऐना, चप्पल, डस्टबिन, डोरम्याट, भित्तामा आकर्षक पर्यटकीय नक्सा, उज्यालोको व्यवस्था, शौचालय हुनुपर्ने नियम तोकेको छ ।-छेटु शेर्पा/गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।