ताजा अपडेट »

अर्घाखाँचीमा थप ४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

आइतबार, १३ भदौ २०७८, १६ : ५२
4 Shares
आइतबार, १३ भदौ २०७८
4 Shares

बुटवल । अर्घाखाँचीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ३ जना र मालारानी गाउँपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ हजार १०६ पुगेको छ । हाल १५३ जना उपचाररत छन् । जिल्लामा कोरोना जित्नेको संख्या ३ हजार ८७२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।