ताजा अपडेट »

हुन्डाई भेन्यू आज सार्वजनिक हुँदै, यसको मूल्य कति ?

विहीबार, ०५ भदौ २०७६, १२ : ३१
16 Shares
विहीबार, ०५ भदौ २०७६
16 Shares

भाद्र ५,
काठमाण्डौं । हुन्डाई मोटर्सको चर्चित सबकम्प्याट एसयूभी भेन्यू आजबाट नेपाली बजारमा बिक्री वितरण सुरु हुने भएको छ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले आज एक कार्यक्रमगरि भेन्यू सार्वजनिक गर्न लागेको हो । 

कम्पनीले भदौं १० गतेबाट सुरु हुने अटो शोलाई मध्यनजर गर्दै आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो । भेन्यू तीन इन्जिन अप्सनमा आउने भएको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर टर्बो कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ । भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ  । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।

हुन्डाईका चर्चित गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको भेन्यूको अगाडि आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरेको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ । ३९९५ एमएम लम्बाई, १७७० एमएम चौडाई  र १५९० एमएम उचाई रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ । ठूलो क्याविन र स्पोर्टी सिटले सबैलाई लोभ्याउन सक्ने छ । इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको छ । भेन्यू भारतकै पहिलो स्मार्ट कनेक्टेड गाडीसमेत हो । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । ३३ स्मार्ट कनेक्टेड फिचर यसमा रहेको भएपनि नेपालमा कतिवटा फिचरले काम गर्न सक्छ अहिल्यै बताउन सक्ने अवस्था छैन । कम्पनीले नेपाली बजारमा यसको मूल्य भने सार्वजनिक गरेको छैन । यसको सुरुवाति मूल्य भने ३५ लाख रुपैयाँ हाराहारीबाट सुरु हुने अनुमान गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।