भदौ ४,
काठमाडौं। सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत ऋण दिने घोषणा गरे पनि त्यस्तो सुविधा पाउनेको संख्या कम रहेको पाइएको छ । वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना राख्ने युवालाई लक्षित गरी सूचना सर्वजनिक गरेको थियो। सोही सूचनाअनुसार आवेदन दिएकामध्ये १८ हजार ७३० सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो ।
त्यसरी माग गरिएको आवेदनअनुसार युवार्ल १६ अर्ब रुपैयाँभन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ । सहुलियत ऋणका लागि ठूलो संख्याका युवाले आवेदन माग गरे पनि आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बैंकहरुले ३३ करोड रुपैयाँ मात्र ती युवाहरुलाई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ । -नागरिक दैनिक
प्रतिक्रिया