काठमाडौं । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई राजनीतिक दलको मान्यता दिएको छ । बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।
लोसपालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बबरमहल तोकिएको छ ।
प्रतिक्रिया