ताजा अपडेट »

दूधको मूल्य सिजनअनुसार हुने

मंगलबार, ०३ भदौ २०७६, १० : ५८
24 Shares
मंगलबार, ०३ भदौ २०७६
24 Shares

भदौ ३,

काठमाडौँ । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको हो । नेपालमा असोजदेखि फागुनसम्म उत्पादन बढी हुने (फ्स सिजन) र चैतदेखि भदौसम्म कम उत्पादन(लिन) सिजन चल्ने गर्छ ।

हालको बजार मूल्यप्रतिलिटर ७० रुपैयाँलाई आधार मानेर फ्लस सिजनका लागि ८/२८ प्रतिशत र लिन सिजनका लागि १४/२९ प्रतिशत मूल्य बढाउन दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वको कार्यादलले सिफारिस गरेको हो । - किरण आचार्य /कारोबार दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।