काठमाडौँ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले भारतमा कोभिड १९ फैलने दर पहिलेको तुलनामा बिस्तारै कम या सुस्त भइसकेको बताएका छन् ।
उनले अब कोभिड १९ इन्डेमिक चरणमा रहेको बताए, जसको अर्थ कुनै महामारीको असर कम मानिस वा कुनै खास इलाकासम्म सिमित हुन्छ भन्ने हो । यस्तो अवस्था आएपछि भाइरस पनि कमजोर हुन्छ र मानिसहरुले यस रोगसँग बाँच्न सिक्छन् । भारतमा दोस्रो लहरपछि कोरोना संक्रमण निकै तेजसँग कम भएको छ ।
सेप्टेम्बरसम्म कोभ्याक्सिनलाई अनुमति दिने आशा
भारतमा बनेको कोरोना खोप कोभ्याक्सिनले डब्ल्युएचओबाट अहिलेसम्म मान्यता पाएको छैन । यसबारे सौम्याले भने, ‘मलाई भरोसा छ कि डब्ल्युएचओको प्राविधिक टिमले यसलाई सेप्टेम्बरको मध्यसम्म स्विकृति प्राप्त खोपको दर्जा दिनेछ ।’
एक अन्तर्वाताका दौरान उनले भनेका थिए,‘भारतको आकार, जनसंख्या र इम्युनिटी स्ट्याटस हेर्दा संक्रमणका घटना कम–ज्यादा नै भइरहन्छ भन्न सकिन्छ ।’ सौम्यले २०२२ को अन्त्यसम्म ७० प्रतिशत जनसंख्याले खोप लगाइसक्ने आशा व्यक्त गरे ।-एजेन्सी
प्रतिक्रिया