ताजा अपडेट »

थप २५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

मंगलबार, ०८ भदौ २०७८, १७ : ४५
4 Shares
मंगलबार, ०८ भदौ २०७८
4 Shares

बुटवल । बितेको २४ घण्टामा २५ सय जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २०८६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ । यस्तै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ ।

हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।