ताजा अपडेट »

सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भयो: एमाले

मंगलबार, ०८ भदौ २०७८, १४ : २६
22 Shares
मंगलबार, ०८ भदौ २०७८
22 Shares

बुटवल । सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको नेकपा एमालेले आरोप लगाएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री कुलप्रसाद केसीले सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन गरेको बताएका हुन् ।

‘भदौ ७ गते मुख्यमन्त्री कुलप्रसाद के सी ले प्रदेश सभामा विश्वासको मत लिएको हास्यास्पद समाचार बाहिर आएको छ । प्रतिपक्षले बहिष्कार गरे र खाली भएको प्रदेश सभामा सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको छ ।’–विज्ञप्तिमा भनिएको छ ।
साथै एमालले विश्वासको मत लिनुभन्दा २४ घण्टा पहिले सबै प्रदेश सभा सदस्यलाई जानकारी गराउनु पर्नमा सदस्यहरुलाई थाहानै नदिइ नियमावलि उल्लंघन गरी प्रमुख प्रतिपक्षको मागलाई वेवास्ता गर्दै एक्लै दौडेर पहिलो हुने सोच अनुसार भएका क्रियाकलापलाई स्विकार्य नहुने जनाएको छ ।

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रमुख प्रतिपक्ष दलको सहभागि बिना नै विश्वासको मत प्राप्त गरेका थिए । प्रमुख प्रतिपक्ष दल एमाले अजय शाही र विमला वलीलाई सांसदबाट पदमुक्त नगरेसम्म संदन चल्न नदिने भन्दै बहिष्कार गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।